Kathmandu Press

अमेरिकामा १ लाख ६३ हजारबढी कोरोना संक्रमित  

काठमाडौं, चैत्र १८ : चीनको वुहानाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले सबैभन्दा धेरै अमेरिकामा भएको छ । अमेरिकामा १ लाख ६३ हजार ४ सय ७९ मानिस संक्र....

अमेरिकामा १ लाख ६३ हजारबढी कोरोना संक्रमित  

काठमाडौं, चैत्र १८ : चीनको वुहानाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले सबैभन्दा धेरै अमेरिकामा भएको छ । अमेरिकामा १ लाख ६३ हजार ४ सय ७९ मानिस संक्रमित भएका छन् ।

यो संक्रमणमा बितेको २४ घण्टामा मात्रै १९ हजार ९ सय ८८ जना थपिएका छन् । संक्रमितमध्ये ३ हजार १ सय ४८ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा अमेरिकाका ५ सय ६५ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसको क्षति अमेरिकाको न्यूयोर्कमा सबैभन्दा धेरै छ । न्यूयोर्कमा अहिलेसम्म १ हजार ३ सय ४२ जनाले ज्यान गुमाएका छन् । ६७ हजार ३ सय २५ संक्रमित छन् । त्यस्तै न्यूजर्सीमा पनि १६ हजार ६ सय ३६ संक्रमित छन् ।

संक्रमितमध्ये १ सय ९८ जनाको ज्यान गएको छ । क्यालिफोर्नियामा ७ हजार २ सय ४८ संक्रमित छन् भने १४५ को मृत्यु भएको छ ।

प्रकाशित मिति: ०७:१६ बजे, मंगलबार, चैत १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्