Kathmandu Press

विश्वका दुई सय देशमा कोरोना सङ्क्रमण, ३७ हजार वढीको मृत्यु 

काठमाडौं, चैत्र १८ : कोरोना भाइरसका कारण युरोपका विभिन्न देश निकै प्रभावित भएका छन् ।

पछिल्लो २४ घण्टामा स्पेनमा सबैभन्दा धेरै ९ सय १३ ....

विश्वका दुई सय देशमा कोरोना सङ्क्रमण, ३७ हजार वढीको मृत्यु 

काठमाडौं, चैत्र १८ : कोरोना भाइरसका कारण युरोपका विभिन्न देश निकै प्रभावित भएका छन् ।

पछिल्लो २४ घण्टामा स्पेनमा सबैभन्दा धेरै ९ सय १३ जना, इटलीमा आठ सय १२ जना र फ्रान्समा चार सय १८ जनाको ज्यान गएको छ । योसँगै इटलीमा मात्रै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ९१ पुगेको छ । यस्तै स्पेनमा सात हजार सात सय १६ जना, फ्रान्समा तीन हजार २४ जनाको ज्यान गएको छ ।

अहिलेसम्म विश्वका दुई सय देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाका कारण सात लाख ८३ हजार दुई सय ७७ जनामा सङ्क्रमण पुष्टि भएकामा एक लाख ६४ हजार सात सय ५३ जना उपचारपछि निको भएका छन् ।

यो रोगबाट हालसम्म ३७ हजार सात सय ४४ जनाको ज्यान गएको छ ।

युरोपपछि अमेरिकामा पनि कोरोना फैलिने क्रम तीव्र गतिमा बढिरहेको छ । अमेरिकामा थप पाँच सय ४४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय २७ जनाको ज्यान गएको छ । यस्तै अमेरिकामा सबैभन्दा धेरै सङ्क्रमित छन् । गएको २४ घण्टामा १९ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएपछि अमेरिकामा मात्रै सङ्क्रमितको सङ्ख्या एक लाख ६२ हजार सात सय ६१ जना पुगेको छ ।

प्रकाशित मिति: ०७:०३ बजे, मंगलबार, चैत १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्