Kathmandu Press

बुनाइले तनाव कम गर्छ

धागो बुन्ने काँटा निकाल्ने समय भएको छ। बुनाइले उदासिनता र चिन्ता घटाउने देखिएको छ। यसले डिमेन्सिया चाँडो हुन नदिने र दीर्घकालीन पीडादेखि केहि राहत दिने पनि देखिएको छ।<....

बुनाइले तनाव कम गर्छ

धागो बुन्ने काँटा निकाल्ने समय भएको छ। बुनाइले उदासिनता र चिन्ता घटाउने देखिएको छ। यसले डिमेन्सिया चाँडो हुन नदिने र दीर्घकालीन पीडादेखि केहि राहत दिने पनि देखिएको छ।

निट फर पिस संयुक्त अधिराज्यका १५ हजार बुनाइकर्मीको सञ्जाल हो। बुन्नु शरिर र दिमागका लागि फाइदाजनक हुने उनीहरू बताउँछन्। बेलायतको यो संस्थाले अघिल्ला अध्ययनहरूको वृहत समीक्षा गरेको छ। संस्थाका एक हजार सदस्यलाई बुनाइको अनुभवबारे सर्वेक्षण पनि लिएको छ।

बुनाइले मष्तिष्कमा सेरोटोनिन उत्पादन गर्दछ जसले मानसिक र शारीरिक पीडाबाट राहत दिन्छ। द ब्रिटिस जर्नल अफ अक्युपेसनल थेरापीमा प्रकाशित एउटा सर्वेक्षणअनुसार ८१ प्रतिशत सहभागीले बुन्दा आनन्दको अनुभव हुने बताए। 

बेन्सन हेन्री इन्स्टिच्युट फर माइन्ड बडी मेडिसिनले सन् २००७ मा गरेको अर्को अध्ययनमा बुनाइले व्यक्तिको मुटुको धड्कन प्रति मिनेट ११ पटकले घटाउने देखिएको छ। यसले आनन्दको अवस्थामा पुर्याउँछ। बुनाइले दिमागको शक्ति पनि बढाउँछ: एउटा अध्ययनअनुसार मध्यम प्रकारको संज्ञानात्मक कमजोरी हुने सम्भावनालाई ५० प्रतिशतले घटाउँछ।

निट फर पिसले गरेको सर्वेक्षणमा पनि ८६ प्रतिशत सहभागीले बुनाइले आनन्द दिएको बताए। करिब ३० प्रतिशतले चिन्ता, रक्तचाप र उदासिनता घटाउन सहयोग पुगेको बताए। अन्य सहभागीले बुनाइले जोर्नीको दुखाइ र दीर्घकालीन पीडाबाट राहत दिएको बताए।

ट्राभल एन्ड लिजर डट कमबाट 
 

प्रकाशित मिति: ०७:११ बजे, मंगलबार, चैत १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्