Kathmandu Press

सन्दीपलाई दिएन अमेरिकाले भिसा

‘सन् २०१९मा अमेरिकी दूतावासले जे गरेको थियो, अहिले पनि त्यही ग¥यो, उनीहरुले अमेरिका र वेस्टइन्डिजले संयुक्तमा रुपमा अयोाजना गर्ने टि–२० विश्वकपका लागि मलाई भिसा दिन अस्वीकार ग¥यो,’ सन्दीपले समाजिक सञ्जालमा लेखेका छन्।
सन्दीपलाई दिएन अमेरिकाले भिसा

काठमाडौं, जेठ ९ : एकसातापछि सुरु हुने टि–२० विश्वकप खेल्न जाने तयारीमा रहेका क्रिकेट सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ।

सन्दीपले बुधबार सामाजिक सञ्जालमार्फत अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको जनाएका छन्।

आफूमाथि लागेको मुद्दामा अदालतले फैसला गर्न ढिलाई गर्दा सन्दीप टिमसँगै अमेरिका जान पाएका थिएनन्। पुनरावेदन निवेदनमा उच्च अदालत पाटनले सफाई दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले  सन्दीपलाई विश्वकपका लागि अमेरिका पठाउने तयारी थालेको थियो।

सन् २०१९ मा क्यारेबियन प्रिमियर लिग खेल्न जान पनि अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो। तर, चौतर्फी दबाब आएपछि भिसा अस्वीकार गरेको केही घण्टामै सन्दीपलाइृ पनुः भिसा दिएको थियो।

‘सन् २०१९मा अमेरिकी दूतावासले जे गरेको थियो, अहिले पनि त्यही ग¥यो, उनीहरुले अमेरिका र वेस्टइन्डिजले संयुक्तमा रुपमा अयोाजना गर्ने टि–२० विश्वकपका लागि मलाई भिसा दिन अस्वीकार ग¥यो,’ सन्दीपले समाजिक सञ्जालमा लेखेका छन्।

यो दुर्भाग्य भएको भन्दै सन्दीपले नेपाली क्रिकेटका समर्थक र शुभेच्छुकहरुसँग माफी मागेका छन्।

प्रकाशित मिति: १७:१२ बजे, बुधबार, जेठ ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्