Kathmandu Press

भट्टेडाँडामा दुर्घटनामा परी दुई साइकलयात्रीको मृत्यु

ललितपुर चैत १७ : वागमती गाउँपालिका ३ भट्टेडाँडाको झाँक्रीडाँडामा दुर्घटनामा परी दुई भारतीय साइकलयात्रीको मृत्यु भएको छ। सोमबार बिहान १० झाँक्रीडाँडाको....

भट्टेडाँडामा दुर्घटनामा परी दुई साइकलयात्रीको मृत्यु

ललितपुर चैत १७ : वागमती गाउँपालिका ३ भट्टेडाँडाको झाँक्रीडाँडामा दुर्घटनामा परी दुई भारतीय साइकलयात्रीको मृत्यु भएको छ। सोमबार बिहान १० झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेका उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। 

मृत्यु हुनेमा भारत, मोतीहारी वैरिया जिल्ला घर भएका २८ वर्षीय सन्तोष महतो र मोतीहारी ३ घर भएका २१ वर्षीय मुकेशकुमार गुप्ता रहेको इलाका प्रहरी कार्यालय छपेलीका प्रहरी सहायक निरीक्षक  मोहनकुमार भडेलले बताए। उनले भने, 'सन्तोष लडेर सडकबाट ५० र मुकेश लडेर १५० मिटर तल पुगेका थिए।' 

मुलुकमा लकडाउन भइरहेको समयमा उनीहरुसहित चार जना कान्ति लोकपथ हुँदै भारत जाने क्रममा लडेर दुईको मृत्यु भएको खुल्न आएको छ। मुकेशका पिता सुरेशकुमार  र अर्का छिमेकी दीनानाथ प्रसाद  दुईजनाका पछिपछि अर्को साइकलमा गइरहेको हुँदा उक्त कुराको जानकारी आएको प्रहरीले जनाएको छ । उनीहरु लकडाउन हुनुअघि चापागाउँ बसेर कवाडी कारखानामा काम गर्ने गरेको खुल्न आएको छ।

प्रकाशित मिति: १७:४२ बजे, सोमबार, चैत १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्