ललितपुरको भट्टेडाँडामा दुई भारतीय नागरिकको मृत्यु
काठमाडौं, चैत १७ : ललितपुरको वाग्मती गाउँपालिका–३ भट्टेडाँडाको झाँक्रीडाँडामा सडक दुर्घटनामा परी दुई भारतीय नागरिकको मृत्यु भएको ....

काठमाडौं, चैत १७ : ललितपुरको वाग्मती गाउँपालिका–३ भट्टेडाँडाको झाँक्रीडाँडामा सडक दुर्घटनामा परी दुई भारतीय नागरिकको मृत्यु भएको छ।
झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेर सोमबार बिहान भारत मोतीहारी वैरियाका २८ वर्षीय सन्तोष महतो र मोतीहारी–३ का २१ वर्षीय मुकेशकुमार गुप्ताको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय छपेलीका प्रहरी सहायक निरीक्षक मोहनकुमार भडेलले जानकारी दिए।
कोभिड–१९ सङ्क्रमणका क्रममा मुलुकमा लकडाउन भइरहेका बेला उनीहरुसहित चार जना कान्ति लोकपथ हुँदै भारत जाने क्रममा रहँदा दुईको मृत्यु भएको खुल्न आएको छ। मुकेशका पिता सुरेशकुमार र अर्का छिमेकी दीनानाथ प्रसाद दुईजनाका पछिपछि अर्को साइकलमा गइरहेका थिए।
उनीहरु लकडाउन हुनुअघि चापागाउँ बसेर कवाडी कारखानामा काम गर्ने गरेको खुल्न आएको छ। रासस









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

