Kathmandu Press

माछा मार्न लगाएको करेन्टले एकको मृत्यु

माछा मार्न लगाएको करेन्टले एकको मृत्यु

लमजुङ, जेठ ६: लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ।

दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर सोही गाउँपालिका–४ जितौरेका २६ वर्षीय विकास गुरुङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ।

Hardik ivf

स्थानीयका अनुसार गुरुङ शनिबार राति साथीसहित किसेदि खोलामा माछा मार्न गएका थिए । सोही ठाउँका बिनबहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइले बताए।

प्रहरी चौकी श्रीमञ्ज्याङका प्रहरी सहायक निरीक्षक हरिराम बोहोराले मृत्यु भएको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। लमजुङ अस्पताल वेशीशहरमा परीक्षणपछि गुरूङको शव परिवारको जिम्मा लगाइसकिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:२८ बजे, आइतबार, जेठ ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्