Kathmandu Press

चीनबाट ल्याएका औषधिजन्य सामग्री सातै प्रदेशमा पठाइयो 

काठमाडौं, चैत १७ : कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न चीनबाट ल्याएका औषधिजन्य सामग्री सरकारले सातै प्रदेशमा पठाएको छ। 

स्वास्थ्य त....

चीनबाट ल्याएका औषधिजन्य सामग्री सातै प्रदेशमा पठाइयो 

काठमाडौं, चैत १७ : कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न चीनबाट ल्याएका औषधिजन्य सामग्री सरकारले सातै प्रदेशमा पठाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवाविभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातवटै प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण र स्वाथ्यकर्मीका लागि आवश्यक उपकरण समेत पठाइएको जानकारी दिए। उनका अनुसार कर्णाली र सुदूर पश्चिमबाहेक हेलिकप्टरबाट विराटनगरमा  सामान गइसकेको छ भने अन्य प्रदेशमा सोमबारै  स्थलमार्गबाट सामान लिएर गाडी हिँडिसकेका छन्। 

आइतबार बिहान चीनबाट कोराना रोकथामका लागि  औषषिजन्य सामग्री आएको थियो।  कर्णाली प्रदेशको सुर्खेतमा नेपाली सेनाको हेलिकप्टरमार्फत सामान पुगिसकेको छ । सोही हेलिकप्टरले सुदूरपश्चिम प्रदेशको धनगढी पनि सामान लगेको छ। 

सरकारले सातै प्रदेशमा प्रयोगशाला संचालन गरेर त्यहीँ नै कोभिड १९ परीक्षण गर्नेछ। यसअघि काठमाडौँमा मात्र नमूना परीक्षण हुने गर्दथ्यो। आइतबारदेखि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा नमूना परीक्षणको काम शुरु गरिएको छ। 

प्रदेशस्तरमा रहेका अस्पतालका प्रयोगशालाको स्तर वृद्धि गरी सञ्चालन सम्भाव्यताका लागि विज्ञको टोली पनि पठाइसकिएको स्वास्थ्यमन्त्रीका स्वास्थ्यविज्ञ डा खेम कार्कीले जानकारी दिए।  प्रदेशका प्रयोगशालाको स्तर वृद्धिसँगै चीनबाट ल्याइएका  आवश्यक  ठाउँमा बोक्न सकिने यन्त्र (प्रोटेबल पिसिआर मेशिन) पनि विकल्प (ब्याकअप)का लागि पठाइने उनले जानकारी दिए।

उनका अनुसार सबै प्रदेशमा पठाइएका सामग्रीमा व्यक्तिगत सुरक्षा कवच (पिपिई)  एकएक हजार थान, सर्जिकल मास्क १०÷१० हजार थान, पञ्जा दुई–दुई जार थान तथा एन ९५ मास्क एक–एक हजार थान पठाइएका छन्। मन्त्रालयको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सातै प्रदेशमा कोभिड १९ को नमूना परीक्षणका लागि प्रदेशमा प्रयोगशाला विज्ञ खटाएको छ।

 मन्त्रीका स्वास्थ्यविज्ञ डा. कार्कीका अनुसार प्रयोगशाला विज्ञका रुपमा प्रदेश २ को जनकपुरमा सुरेन्द्र मधुप, डा. निराजन भुसाल र विवेक तिमिल्सेनालाई पठाइएको छ।

यस्तै, वाग्मती प्रदेशको हेटौँडामा विष्णु उपाध्याय र निर्मल आचार्य, गण्डकी प्रदेशको पोखरामा प्रयोगशाला विज्ञका रुपमा बलराम गौतम, श्रीराम बाँस्तोला र रोजी पाण्डे, प्रदेश नं  ५ को बुटवलमा प्रयोगशाला विज्ञका रुपमा विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई पठाइएको छ।

नेपालगञ्जमा रामकृष्ण श्रेष्ठ तथा कर्णाली प्रदेश सुर्खेत र सुदूरपश्चिम प्रदेश धनगढीको प्रयोगशाला विज्ञका रुपमा क्रमशः डा महेन्द्रप्रसाद भट्ट र सुनिलप्रसाद लेखक रहेका छन्।
 

प्रकाशित मिति: १६:०३ बजे, सोमबार, चैत १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्