रौतहटमा आठ वर्षीया बालिका बलात्कार, किशोर पक्राउ
रौतहट, चैत १७ : रौतहटको फतुवा विजयपुर नगरपालिका– ५ मा शनिबार साँझ आठ वर्षीया बालिका बलात्कार भएकी छिन्। बालिका बलात्कारको आरोपमा प्रहरीले १....

रौतहट, चैत १७ : रौतहटको फतुवा विजयपुर नगरपालिका– ५ मा शनिबार साँझ आठ वर्षीया बालिका बलात्कार भएकी छिन्। बालिका बलात्कारको आरोपमा प्रहरीले १८ वर्षीय नवल पासवान पक्राउ गरेको छ।
घरनजिकैको पसलमा जाँदै गरेकी बालिकालाई बलात्कार गरेको पासवानलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए।
आरोपी पासवानविरुद्ध बाल यौन दुराचारसम्बन्धी मुद्दामा कारवाी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। पीडित बालिकाको प्राथमिक स्वास्थ केन्द्र चन्द्रपुरमा स्वास्थ परीक्षण गरिएको छ।
प्रकाशित मिति: १३:४६ बजे, सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

