Kathmandu Press

लकडाउनमा भर्चुअल नाट्य उत्सव, आज ‘पाँच’ प्रदर्शन

काठमाडौं, चैत १७ : लकडाउनको समयमा घरमै बसेकाहरुलाई लक्षित गरेर  भर्चुअल नाट्य महोत्सव चलिरहेको छ। यसमा आज चौंथो दिन ‘पाँच’ नाटक देखाइ....

लकडाउनमा भर्चुअल नाट्य उत्सव, आज ‘पाँच’ प्रदर्शन

काठमाडौं, चैत १७ : लकडाउनको समयमा घरमै बसेकाहरुलाई लक्षित गरेर  भर्चुअल नाट्य महोत्सव चलिरहेको छ। यसमा आज चौंथो दिन ‘पाँच’ नाटक देखाइँदै छ। 

थिएटर मलले सुरु गरेको ‘क्वारेन्टिन अभियान नाट्य उत्सव–२०७६’अन्तर्गत नाटकहरु प्रदर्शन भइरहेका छन्। हरेक दिन साँझ ५ बजे कथाघेराको प्रस्तुतीमा   सोमबार ‘पाँच’ नाटक देखाउन लागिएको हो।

यस नाटकमा पाँच कलाकारले नबोलेरै कथालाई अगाडि बढाउँछन्। समाजमा भएका विभिन्न विकृति, राजनीतिक अस्थिरता नाटकमा प्रस्तुत गरिएको छ।
यससँगै जीवनमा आउने दुःख, सुख, प्रेम, घृणाको भावलाई यस नाटकमा देखाउन खोजिएको छ।

यौन दुर्वलतादेखि मानिसको स्वार्थी व्यवहार खोतलिएको यो नाटक यसअघि कौशि थिटरमा मञ्चन भएको थियो। अन्तर्राष्ट्रिय नाट्य उत्सवमा पनि यस नाटकलाई देखाइएको थियो। यो नाटकलाई थिएटर मलको फेसबुक पेजमा हेर्न सकिनेछ।

पहिलो दिन शुक्रबार केदार श्रेष्ठ निर्देशित ‘मान भर्सेस मती’बाट उत्सव सुरु भएको थियो। दोस्रो दिन नम्रता केसी निर्देशित ‘राजेन्द्रलक्ष्मी’ देखाइएको  थियो भने तेस्रो दिन आइबार ‘जालिनी’ देखाइएको थियो। दयाहाङ राईले निर्देशन गरेको जालिनीमा शासन प्रणलीको विद्रोह भाव देखाइएको थियो ।

शुक्रबार सम्म चल्ने यस नाटक प्रसारणलाई थिएटर मल, कीर्तिपुर रङ्गमञ्च, थिएर सेन्टर फर चिल्डे«नले संयुक्त आयोजना गरेको हो।

 

 

 

प्रकाशित मिति: १३:२० बजे, सोमबार, चैत १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्