Kathmandu Press

सुदूरपश्चिममाथि २ रनले रोमाञ्चक जित निकाल्दै एपिएफले जित्यो मेयर्स कप वुमन्सको उपाधि

शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइलनमा सुदूरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्दै एपिएफ च्याम्पियन बनेको हो।
सुदूरपश्चिममाथि २ रनले रोमाञ्चक जित निकाल्दै एपिएफले जित्यो मेयर्स कप वुमन्सको उपाधि

काठमाडौं, जेठ ५ : विभागीय टिम एपिएफले ललितपुर मेयर्स कप वुमन्स टि–२० च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइलनमा सुदूरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकाल्दै एपिएफ च्याम्पियन बनेको हो।

योसँगै एपिएफले उपाधिका ह्याट्रिक गरेको छ। यसअघिका दुवै संस्करणको उपाधि पनि एपिएफले नै जितेको थियो ।

पहिला ब्याटिङ गर्दै एपिएफले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १५३ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा जितका लागि ६ रन चाहिएको अवस्थामा ३ रन मात्र बनाउन सकेपछि सुदूरपश्चिम उपाधिबाट बञ्चित भयो।  

Hardik ivf

१९औं ओभरमा कविता जोशी र लक्ष्मी साउदले २१ रन जोड्दै सुदूरपश्चिमलाई जित नजिक पु¥याएकी थिइन्। त्यो ओभरमा कविताले राजमती ऐरीलाई ३ छक्का प्रहार गरेकी थिइन्।

कविताले ४५ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ६७ रन बनाउँदा लक्ष्मी साउदले ३५ बलमा २९ रन बनाइन्। यस्तै, कप्तान विन्दू रावलले १९, सावित्री धामीले १२ र सम्झना खड्काले १० रन बनाइन्।

बलिङमा एपिएफका करुणा भण्डारीले २ तथा सुमन विस्टले १ विकेट लिइन्।

त्यसअघि पहिला ब्याटिङ गरेको एपिएफले ४ विकेटको क्षतिमा १५५ रन बनायो। उसका लागि सीता रानामगरले सर्वाधिक ७४ रन बनाइन्। उनले ५५ बलमा ८ चौका प्रहार गरिन्।

यस्तै, राजमती ऐरीले ४६ बलमा ७ चौका प्रहार गर्दै ५० रन बनाइन्। यी दुई पहिलो विकेटका लागि ९१ रनको उत्कृष्ट साझेदारी गरेका थिए। यस्तै, ममता चौधरीले १० रन बनाइन्।

बलिङमा सुदूरपश्चिमक रितु कनौजिया, विन्दू रावल र राधिका पुजाराले समान १ विकेट लिए।

 

प्रकाशित मिति: १३:४९ बजे, शनिबार, जेठ ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्