Kathmandu Press

लकडाउनमा पर्यटकीय स्थलबाट एक हजार पर्यटकको उद्धार

काठमाडौं, चैत १६ : लकडाउनमा विभिन्न क्षेत्रमा रोकिएका एक हजार तीन सय ३० विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकको उद्धार गरिएको छ।

एक साताको अवध....

लकडाउनमा पर्यटकीय स्थलबाट एक हजार पर्यटकको उद्धार

काठमाडौं, चैत १६ : लकडाउनमा विभिन्न क्षेत्रमा रोकिएका एक हजार तीन सय ३० विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकको उद्धार गरिएको छ।

एक साताको अवधिमा उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डका प्रवक्ता लीला बानियाँका अनुसार लकडाउनपछि  १९ पर्यटकीय गन्तव्यमा रहेका पर्यटक र पथप्रदर्शकको उद्धार गरिएको हो।

उनका अनुसार लुक्ला, पोखरा, ताप्लेजुङ, जोमसोम, अन्नपूर्ण आधार शिविर, मुक्तिनाथ, लाङ्टाङ, मनास्लु, गोरखा, लेते, बेंसीशहर, काँडे, संखुवासभा, झापा, बेनी र झिनुडाँडाबाट पर्यटकलाई उद्धार गरिएको हो। तिनमा सबैभन्दा धेरै लुक्ला क्षेत्रबाट हेलिकप्टर र जहाज चार्टर गरेर रोकिएकाहरुको उद्धार गरिएको हो।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का अनुसार आइतबार र सोमबार लुक्ला क्षेत्रमा रोकिएका ८५ नेपाली गाइडको उद्धार गरिएको छ। टानका अध्यक्ष खुम सुवेदीका अनुसार आइतबार ४५ र सोमबार ४० गरी ८५ नेपाली गाइडको उद्धार गरिएको हो। काठमाडौं आउन चाहने विदेशी तथा नेपाली गाइडलाई टान र नेपाल पर्यटन बोर्डको सहकार्यमा रेक्स्यु उडान गरिएको उनले बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार आज बिहान लुक्ला क्षेत्रबाट पाँच उद्धार उडान गरिएको छ। क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले लुक्ला क्षेत्रमा रहेका नेपाली गाइड तथा विदेशीको उद्धारका लागि आज विभिन्न वायुसेवा कम्पनीले पाँच उडान गरिसकेको जानकारी दिए। उनका अनुसार नेपाल वायुसेवा निगमको एक तथा सीता र समिट एयरले दुईदुई उडान गरेका हुन्।

बिहान नै सबै उडान सम्पन्न भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सोमबार बिहानको पाँच उडानमा ७० जनाको उद्धार गरिएको छ। लुक्लामा रहेका विदेशी पर्यटक तथा नेपाली गाइडको उद्धारमा पाँच उडान र  नेपाली सेनाको तीन उडान गरी आठ उडान अनुमति दिइएको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

उनका अनुसार नेपाली सेनालाई धनगढी, सुर्खेत र विराटनगरमा उडान अनुमति दिइएको छ।

प्रकाशित मिति: १२:२७ बजे, सोमबार, चैत १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्