Kathmandu Press

लकडाउन कार्यान्वयमा प्रहरीबाट भएका त्रुटि छानविन हुने

काठमाडौं, चैत १७ : सरकारले देशभरि लगाएको लकडाउन उल्लंघन बढेपछि केही दिन यता प्रहरी कठोर भएर प्रस्तुत भएको छ।

दैनिक लकडाउन उल्लंघन गर्ने सयौं....

लकडाउन कार्यान्वयमा प्रहरीबाट भएका त्रुटि छानविन हुने

काठमाडौं, चैत १७ : सरकारले देशभरि लगाएको लकडाउन उल्लंघन बढेपछि केही दिन यता प्रहरी कठोर भएर प्रस्तुत भएको छ।

दैनिक लकडाउन उल्लंघन गर्ने सयौंंलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ। सोमबार बिहानै करिब १२ सयलाई प्रहरीले नियन्त्रणमा लियो।

लकडाउनमा कडाईसँगै प्रहरीले गरेका ज्यादतीका तस्बिर सामाजिक संजालमा भाइरल भएपछि सुधार्ने प्रतिबद्धता प्रहरी प्रधान कार्यालयले जनाएको छ।

ग्यास लिन बजार गएका एक युवालाई प्रहरीले सजाय दिएको फोटो आइतबार सामाजिक सञ्जालमा भाइरल भयो। तस्बिरमा नेपाल प्रहरीका एक कर्मचारीले युवकलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको देखिन्छ। 

तस्बिर सार्वजनिक भएपछि प्रहरीको आलोचना भयो। आलोचना भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थाल्ने जनाएको छ। यस सम्बन्धमा सबैबाट प्राप्त भएको सुझाव, गुनासोलाई गम्भीरता पूर्वक लिएको र आवश्यक छानबिन थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ११:४९ बजे, सोमबार, चैत १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्