Kathmandu Press

लकडाउनमा बाहिर निस्किए तीन घन्टा उभिनुपर्ने

काठमाडौं, चैत १७ : कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लम्ब्याएको लकडाउनमा कडाइ गर्न थालिएको छ। अब लकडाउनमा घरबाहिर निस्किनेलाई तीन घन्टा सडकमै उभ्या....

लकडाउनमा बाहिर निस्किए तीन घन्टा उभिनुपर्ने

काठमाडौं, चैत १७ : कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लम्ब्याएको लकडाउनमा कडाइ गर्न थालिएको छ। अब लकडाउनमा घरबाहिर निस्किनेलाई तीन घन्टा सडकमै उभ्याइने भएको छ।

आज बिहानैदेखि सुरक्षाकर्मीले लकडाउनको कार्यान्वयनमा कडाइ सुरु गरेका छन्। लकडाउनको उल्लंघन गर्नेलाई अब पक्राउ नगरिने भएको छ। प्रहरीका अनुसार, उनीहरुलाई जहाँ भेटिएको हो, त्यही तीन घन्टा उभ्याइने भएको छ।

यसको आज बिहानदेखि नै सुरुआत गरिएको छ। काठमाडौंका केही स्थानमा लकडाउन उल्लंघन गरेर हिड्नेहरुलाई उभ्याइएको छ। प्रहरीसँगै उनीहरुलाई जहाँ भेट्यो त्यही तीन घन्टा उभ्याउन थालिएको हो।

यस अघि प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्दै आएको थियो। उनलाई मेटल रडले समातेर भ्यानमा लग्ने गरेको थियो। तर, भ्यानमा लग्दा पनि उनीहरुमा संक्रमण हुनेसक्ने भएकाले उभ्याउने नीति लिएको प्रहरीले जनाएको छ।

सरकारले यस अघि चैत ११ गते सात दिने लकडाउन घोषणा गरेको थियो। त्यो अवधि आज नसकिँदै फेरि सात दिन थपेको छ। अब चैत २५ गतेसम्म देशभर लकडाउन रहनेछ।

अहिलेसम्म नेपालमा पाँच जना संक्रमित भेटिएका छन्। एक जना दुई महिना अघि नै निको भएका थिए भने चार जनाको उपचार भइरहेको छ।

प्रकाशित मिति: १०:०३ बजे, सोमबार, चैत १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्