Kathmandu Press

धार्चुलामा रहेका नेपालीलाई तत्काल नेपाल प्रवेश गराउन देउवाको माग

काठमाडौं, चैत १६ : कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल प्रवेश नपाएर बिचल्ली परेका दार्चुलाको सदरमुकाम खलङ्गा पारी भारतीय सिमा धार्चुलामा रहेका नेप....

धार्चुलामा रहेका नेपालीलाई तत्काल नेपाल प्रवेश गराउन देउवाको माग

काठमाडौं, चैत १६ : कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल प्रवेश नपाएर बिचल्ली परेका दार्चुलाको सदरमुकाम खलङ्गा पारी भारतीय सिमा धार्चुलामा रहेका नेपालीहरुलाई तत्काल आवस्यक प्रक्रिया पुरा गरेर नेपाल प्रवेशको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन्। 

भारतको विभिन्न सहरबाट नेपाल फर्किएका नेपाली नागरिक केही दिनदेखि नेपाल भारत सिमाको भारततर्फको धार्चुलामा विचल्ली परेका छन्। सरकारले उनीहरुलाई नेपाल प्रवेश दिने कुनै प्रक्रिया अघि नबढाएपछि आइतबारदेखि उनीहरु नेपाली सिमामा आएर प्रवेशको माग गर्दै नारा जुलुश गर्दै आएका छन्। 

'आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो? दार्चलाको सदरमुकाम पारी भारतको धार्चुलामा रहेका सयौ नेपालीहरुलाई आवस्यक प्रक्रिया पुरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु,' देउवाले सोमबार विहान ट्विट गर्दै भनेका छन्। 
 

प्रकाशित मिति: १०:०२ बजे, सोमबार, चैत १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्