अमेरिकामा एकैदिन १८ हजार बढी कोरोना संक्रमित
काठमाडौं, चैत्र १७ : अमेरिकामा एकैदिन १८,२७६ कोरोना भाइरसको संक्रमित भेटिएका छन् ।
यससँगै यहाँ कूल संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय....

काठमाडौं, चैत्र १७ : अमेरिकामा एकैदिन १८,२७६ कोरोना भाइरसको संक्रमित भेटिएका छन् ।
यससँगै यहाँ कूल संक्रमितको संख्या १ लाख ४१ हजार ८ सय ५४ पुगेको छ । वर्ल्डोमिटरका अनुसार यहाँ विगत २४ घण्टामा २ सय ५५ जनाको मृत्यु भएपछि मृतकको संख्या २,४७५ पुगेको छ ।
यसका साथै इटलीमा कोरोनाका कारण ज्यान गुमाउने संख्या सबैभन्दा धेरै छ । यहाँ मृतकको संख्या १० हजार ७ सय ७९ पुगेको छ । विगत २४ घण्टामा ५ हजार २ सय १७ संक्रमित थपिएपछि यहाँ संक्रमितको संख्या ९७,६८९ पुगेको छ ।
प्रकाशित मिति: ०८:०२ बजे, सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











