Kathmandu Press

क्यानले फुकुवा गर्‍यो सन्दीपको निलम्बन

अदातले सफाई दिएलगत्तै क्यानले विज्ञप्ति निकालेर सन्दीपको निलम्बन फुकुवा गरेको हो। योसँगै सन्दीपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न बाटो खुलेको छ।
क्यानले फुकुवा गर्‍यो सन्दीपको निलम्बन

काठमाडाैं, जेठ २ : नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेमाथि लागएको प्रतिबन्ध फुकुवा गरेको छ।

उच्च अदालत पाटनले सन्दीपलाई निदोष ठरह गरेलगत्रै क्यानले सन्दीपमाथिको प्रतिबन्ध फुकुवा गरेको हो।

Hardik ivf

बुधबार उच्च अदालतले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उठाउँदै बलात्कार मुद्दामा सन्दीपलाई सफाई दिएको थियो।

अदातले सफाई दिएलगत्तै क्यानले विज्ञप्ति निकालेर सन्दीपको निलम्बन फुकुवा गरेको हो। योसँगै सन्दीपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न बाटो खुलेको छ।

‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौं,’ अध्यक्ष चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय तोकेपछि क्यानले सन्दीपमाथि प्रतिबन्ध लगाएको थियो।

सन्दीपको निलम्बन फुकुवा भएपनि विश्वकप खेल्न पठाउने औपचारिक निर्णय भने भइसकेको छैन।

प्रकाशित मिति: १९:२१ बजे, बुधबार, जेठ २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्