Kathmandu Press

सन्दीपले विश्वकप खेल्ने बाटो खुल्यो, क्यानको बैठक बस्दै

क्यानले विश्वकपका लागि टिम घोषणा गरेपनि मे २४ सम्म टिममा परितर्वत गर्न सकिने आईसिसीको नियम भएकाले क्यानले खेलाउने निर्णय गरे सन्दीपको विश्वकप खेल्ने सपना पुरा हुन्छ।
सन्दीपले विश्वकप खेल्ने बाटो खुल्यो, क्यानको बैठक बस्दै

काठमाडौं, जेठ २ : क्रिकेटर सन्दीप लामिछानेलाई आसन्न टि–२० विश्वकप खेल्ने बाटो खुलेको छ।

बुधबार उच्च अदालत पाटनले बलात्कारसम्बन्धी मुद्दामा सफाई दिएपछि विश्वकप खेल्ने सन्दीपको बाटो खुलेको हो। जिल्ला अदालत काठमाडौंका फैसाला उल्टाउँदै उच्च अदालतले सन्दीपलाई सफाई दिएको हो।

विश्वकप खेल्न सन्दीपको बाटो खुलेपनि उनी विश्वकप खेल्ने टिममा समावेश हुन्छन् हुँदैनन् भन्ने नेपाल क्रिकेट संघ (क्यान)को निर्णयमा भर पर्छ।

Hardik ivf

क्यानले यसअघि नै विश्वापका लागि १५ सदस्यीय टिम घोषणा गरिसकेको छ। अहिले नेपाली टिम वेस्टइन्डिजमा विश्वकपको तयारी गरिरकेको छ।

सन्दीपबारे निर्णय गर्न क्यानको बोर्ड बैठक आजै बस्ने बताइएको छ।

बुधबार उच्च अदालत पाटनले उनलाई निर्दोष ठहर गरेसँगै क्यानले बाँकी प्रक्रिया अगाडि बढाउन साँझ नै छलफल गरि निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ (क्यान) का कार्यसमिति सदस्य दुर्गाराज पाठकले बताए।

‘अन्ततः उनले (सन्दीपले) न्याय पाएका छन्। सन्दीपको निलम्बन फुकुवा गर्ने देखि विश्वकपमा पठाउनेबारे छलफल गर्न क्यानले आज साँझ नै छलफल गर्दै छ। क्यानले उनलाई विश्वकप खेल्न पठाउँछ,’ पाठकले भने।

क्यानले विश्वकपका लागि टिम घोषणा गरेपनि मे २४ सम्म टिममा परितर्वत गर्न सकिने आईसिसीको नियम भएकाले क्यानले खेलाउने निर्णय गरे सन्दीपको विश्वकप खेल्ने सपना पुरा हुन्छ।

सन्दीप टिममा परे अहिले टिममा रहेका ललित राजवंशी या सागर ढकाल मध्ये एक विश्वकपको टिमबाट बाहिरिने छन्।

 

प्रकाशित मिति: १८:२१ बजे, बुधबार, जेठ २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्