Kathmandu Press

सन्दीपले पाए सफाई, जिल्लाको फैसला उच्चले उल्टायो

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्च अदातले सन्दीपलाई सफाई दिएको हो।
सन्दीपले पाए सफाई, जिल्लाको फैसला उच्चले उल्टायो

काठमाडाैं, जेठ २ : बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्च अदातले सन्दीपलाई सफाई दिएको हो।

बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय तोकेको थियो।

जिल्लाको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका थिए।

सन्दीपले दिएको पुनरावेदन निवेदनमाथि हिजोबाट बहस सुरु भएको थियो। हिजो दुवै तर्फबाट वकिलले बहस गरेका थिए।

आज ११ बजेबाट सुरु भएको इलाशमा दुवै तर्फका वकिले जवाफी बहस गरेका थिए। त्यही सिसिटभी फुटेज हेरेपछि न्यायाधीशहरुले फैसला गरेका हुन्।

प्रकाशित मिति: १७:०८ बजे, बुधबार, जेठ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्