Kathmandu Press

टि–२० वरीयताकाे अलराउन्डतर्फ दीपेन्द्र शीर्ष १०मा

अल्घिलो महिना भएको एसिसी प्रिमियर कपमा बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि दीपेन्द्र वरियतामा माथि उक्लिएका हुन्।
टि–२० वरीयताकाे अलराउन्डतर्फ दीपेन्द्र शीर्ष १०मा

काठमाडाैं, जेठ २ : नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी टि–२० क्रिकेटको अलरान्डरको वरीयतामा शीर्ष १०मा अटाएका छन्।

पछिल्लो समय उत्कृष्ट फर्ममा रहेका दीपेन्द्र आईसिसीले गरेको नयाँ अपडेटअनुसार एक स्थान सुधार गर्दै शीर्ष १०मा आएका हुन्।

Hardik ivf

अल्घिलो महिना भएको एसिसी प्रिमियर कपमा बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि दीपेन्द्र वरियतामा माथि उक्लिएका हुन्।

अलराउन्डरतर्फ नै कप्तान रोहित पौडेल एक स्थान तल झर्दै ६६औं स्थानमा रहादा कुशल मल्ल ३३औं र गुलशन झा ६१औं स्थानमा यथावत छन्। करण केसीले ७४ औं स्थानमा छन्।

अलराउन्डरतर्फ बंगलादेशका सकिब अल असन लामो समयदेखि शीर्ष स्थानमा यथावत छन्।

ब्याटिङतर्फ टी–२० मा दीपेन्द्र ५० औं स्थानमा यथावत् छन्। रोहित पौडेल ३ स्थान तल झर्दै ६१ औं स्थानमा पुगेका छन्। आसिफ शेख एक स्थान तल झर्दै ८७ औं स्थानमा छन्।

बलिङको वरीयतामा सोमपाल कामी ९२ औं स्थानमा यथावत् छन्।

 

प्रकाशित मिति: १६:४२ बजे, बुधबार, जेठ २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्