Kathmandu Press

लकडाउनको विकल्प नभएको प्रधानमन्त्री मोदीको गुनासो, असुविधाप्रति जनतासामु मागे माफी 

काठमाडौं, चैत्र १७ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउनको घोषणा गर्नुको विकल्प सरकारसँग नभएका कारण नै देशव्यापी बन्द गरेको....

लकडाउनको विकल्प नभएको प्रधानमन्त्री मोदीको गुनासो, असुविधाप्रति जनतासामु मागे माफी 

काठमाडौं, चैत्र १७ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउनको घोषणा गर्नुको विकल्प सरकारसँग नभएका कारण नै देशव्यापी बन्द गरेको र यसका कारण जनतामा पुगेको असुविधाप्रति माफी मागेका छन् ।

भारतमा मङ्गलबारदेखि लागु भएको एक साता नपुग्दै प्रधानमन्त्रीले यसबाट नागरिकलाई तत्काल कठिनाई परे पनि अन्ततः यसले नागरिकको हित नै गर्ने बताए । आइतबार रेडियो कार्यक्रम ‘मन की बात’मा जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले लकडाउनको कारण गरिबहरुमा परेको असुविधाप्रति क्षमायाचना व्यक्त गरे । उनले भने, “ सरकारले सबै जनतालाई सुरक्षित राख्नका लागि चाहेको र यो निर्णयको कुनै विकल्प नरहेको बताए ।

Hardik ivf

प्रधानमन्त्री मोदीले अहिलेको संकटमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि उक्त कार्यक्रममार्फत् दिनुभएको थियो । लकडाउन हुँदाहुँदै दिल्लीबाट हजारौँ मानिसहरु पैदल हिँडेरै अहिले गाउँगाउँ गइरहेका छन् । भारतमा आइतबारसम्म कोरोना भाइरसका कारण २५ जनाको ज्यान गइसकेको छ भने करिब हजार जना संक्रमित भइसकेका छन् ।

श्रमिकलाई दिल्लीमै रहन मुख्यमन्त्री केजरीवालको आग्रह

यसैबीच दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले सबै स्वदेशी तथा विदेशी कामदारलाई दिल्लीमा नै रहन आग्रह गरेका छन् । उनले सरकारले जस्तै कठिनाईमा पनि श्रमिकलाई वेवास्ता गर्न नसक्ने बताए।

हामीले देश निर्माणमा अहम् भूमिका खेल्ने सबै श्रमिकलाई विपत्मा विर्सने छैनौ । उनले दिल्लीबाट भारतका अन्य राज्य तथा नेपाल र अन्य एशियाली मुलुकका लागि गाडीको व्यवस्थापन गर्न बसपार्कमा भेला भएको मानिसहरूलाई सङ्केत गर्दै यसले झन् समस्या निम्त्याउने बताएका थिए ।

केजरीवालले भने, “लकडाउनको मन्त्र जो जहाँ छ त्यही रहने हो । यदि हामीले यसलाई पालना गरेनौँ भने हामीले कोरोनाभाइरस विरूद्धको लडाईलाई जित्न कठिन पर्नेछ ।”  (रासस)

प्रकाशित मिति: ०७:०५ बजे, सोमबार, चैत १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्