Kathmandu Press

कोरोनाको त्रास : जर्मनीको हेस्का राज्यका अर्थमन्त्रीले गरे आत्महत्या

काठमाडौं, चैत्र १७ : कोरोना भाइरस भासको कारण जर्मनीको हेस्का राज्यका अर्थमन्त्री थोमक स्किफरले आत्महत्या गरेका छन् ।

फ्रान्कफर्ट र मेन्जको ब....

कोरोनाको त्रास : जर्मनीको हेस्का राज्यका अर्थमन्त्रीले गरे आत्महत्या

काठमाडौं, चैत्र १७ : कोरोना भाइरस भासको कारण जर्मनीको हेस्का राज्यका अर्थमन्त्री थोमक स्किफरले आत्महत्या गरेका छन् ।

फ्रान्कफर्ट र मेन्जको बीचमा रहेको होचिम शहरको एक रेल लाइनमा उनको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ। क्षतविक्षत अवस्थामा भेटिएको शव पहिचानमा प्रहरीलाई कठिनाई उत्पन्न भए पनि उक्त शव अर्थमन्त्री थोमक स्किफरको नै रहेको त्यहाँको प्रहरीले पुष्टि गरेको हो।

कोरोना भाइरसको संक्रमणका कारण राज्यमा चरम आर्थिक संकट उत्पन्न भएपछि थोमक तनाव रहेका कारण आत्महत्या गरेको बुझिएको छ ।

कोरोना भाइरसका कारण उत्पन्न संकटका कारण थोमक अत्यधिक चिन्तामा बाँचिरहेको र सोही कारण उनले आत्महत्या गरेको हुन सक्ने उनको नजिक रहेर काम गरेका एक अधिकारीको भनाई छ।

प्रकाशित मिति: ०६:४६ बजे, सोमबार, चैत १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्