Kathmandu Press

५० लाखभन्दा बढी मूल्यका गाडी खरिदमा रोक

काठमाडौं, चैत १६ : सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका सवारीसाधन खरिदमा रोक लगाएको छ। 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोन....

५० लाखभन्दा बढी मूल्यका गाडी खरिदमा रोक

काठमाडौं, चैत १६ : सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका सवारीसाधन खरिदमा रोक लगाएको छ। 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका कारण मुलुकमा विदेशी मुद्रा सञ्चिति घट्ने भएपछि आयातलाई निरुत्साहित गर्ने उद्देश्यले महँगा सवारीसाधन खरिदमा रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

यस्तै, बैठकले देशभर घरभाडामा बस्नेहरुको एक महिनाको घरभाडा मिनाहा गर्ने  पनि निर्णय गरेको मन्त्री खतिवडाले बताए।  

कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहेकाले सबै घरधनीले एक महिनाको भाडा लिन नपाउने निर्णय गरेको हो। सरकारले एक महिना घरभाडा मिनाहा गरेबापत उक्त महिनाको घरबहाल कर पनि मिनाहा गर्ने निर्णय गरेको मन्त्री खतिवडाले बताए।

प्रकाशित मिति: २१:२७ बजे, आइतबार, चैत १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्