Kathmandu Press

एक महिनाको घरभाडा मिनाहा हुने

काठमाडौं, चैत १६ : सरकारले देशभर घरभाडामा बस्नेहरुको एक महिनाको घरभाडा मिनाहा गर्ने निर्णय गरेको छ। 

आइतबार साँझ बसेको मन्त्रिपरिष....

एक महिनाको घरभाडा मिनाहा हुने

काठमाडौं, चैत १६ : सरकारले देशभर घरभाडामा बस्नेहरुको एक महिनाको घरभाडा मिनाहा गर्ने निर्णय गरेको छ। 

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहेकाले सबै घरधनीले एक महिनाको भाडा लिन नपाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

सरकारले एक महिना घरभाडा मिनाहा गरेबापत उक्त महिनाको घरबहाल कर पनि मिनाहा गर्ने निर्णय गरेको मन्त्री खतिवडाले बताए।

यसैगरी, बैठकले  ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका सवारीसाधन खरिदमा रोक लगाउने निर्णय पनि गरेको छ। 

कोरोना भाइरसका कारण मुलुकमा विदेशी मुद्रा सञ्चिति घट्ने भएपछि आयातलाई निरुत्साहित गर्ने उद्देश्यले महँगा सवारीसाधन खरिदमा रोक लगाउने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए।

प्रकाशित मिति: २१:२५ बजे, आइतबार, चैत १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्