Kathmandu Press

कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएकाको खोजी शुरु

काठमाडाैं, चैत १६ : सरकारले कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएकाको खोजी (कन्ट्याक ट्रेसिङ) शुरु गरेको छ।

नेपालमा ....

कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएकाको खोजी शुरु

काठमाडाैं, चैत १६ : सरकारले कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएकाको खोजी (कन्ट्याक ट्रेसिङ) शुरु गरेको छ।

नेपालमा हालसम्म सङ्क्रमण पुष्टि भएका पाँच जनाको विमानबाट सँगै आएकादेखि अस्पताल आउँदासम्म सम्पर्कमा रहेकाको खोजी भइरहेको जनाइएको छ।  ‘कान्ट्याक ट्रेसिङ’ का लागि टोली परिचालन भइसकेको मन्त्रालयले आइतबार नियमित पत्रकार सम्मेलनमार्फत जनाएको हो।

पुष्टि भएका बाग्लुङका पाँचौ सङ्क्रमित व्यक्तिसँग सम्पर्क भएकाको खोजी भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। पुष्टि भएका चौथो व्यक्तिको विमानसम्ममा सम्पर्क भएका व्यक्तिको खोजी भइसकेको छ। सङ्क्रमण भएका पाँच जना व्यक्तिको अवस्था सामान्य रहेको उनले जानकारी दिए।

मन्त्रालयले नागरिकको समस्या र गुनासो सुन्न शुरु गरेको टोल फ्रि नम्बरमा १११५ र ११३३ मा दैनिक हजारौँ कल आउने गरेको छ। दैनिक एक घण्टामा ३० कल उठाइएको उनले बताए। देशभर अहिलेसम्म कुल ९१७ जनाको परीक्षण भएकामा त्योमध्ये ९१२ नेगेटिभ र पाँच जनाको पोजेटिभ देखिएको हो।

कोभिड–१९ सङ्क्रमण पुष्टि भएका पाँचजना नै उपचार गराइरहेका छन्। सङ्क्रमणको आशंकामा अहिले १२ जनालाई ‘आइसोलेसन’मा राखिएको पनि मन्त्रालयले जनाएको छ। उनले भने, “टेकुमा पाँच जना, पाटन अस्पतालमा छ जना र कान्ति बाल अस्पतालमा एक जनालाई आइसोलेसनमा राखिएको छ।”

बुटवलमा क्वारेटाइनमा मृत्यु भएका व्यक्तिको अहिले नमूना परीक्षण गर्न लागिएको प्रवक्ता देवकोटाले जानकारी दिए।  बिभिन्न अस्पतालबाट सामान्य रुघाखोकी, ज्वरोको समस्या लिएर जाँदा गेटबाट फर्काउने गुनासो आइरहेको छ। सरकारी, गैरसरकारी र सामुदायिक अस्पतालले सङ्कटका समयमा मिलेर काम गर्नुपर्ने उनको भनाइ छ।

कोडिड–१९ का तोकिएका अस्पताल, मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक सेवा सबै दिनुपर्ने उनको भनाइ छ। उनले भने, “तोकिएको अस्पतालले अरु सेवा नदिने भन्ने होइन, कसैले पनि आकस्मिक सेवा लिन आउने बिरामी फर्काउन हुँदैन।” 

स्वास्थ्य सेवा विभाग महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले दक्षिण एसियामा पहिलोपटक २३ जनवरीमा नेपालमा कोभिड–१९ निदान भएको बताए। हेल्थ इमर्जेन्सी सर्भिस सेन्टरले पहिले नै सामानहरुको जोहो गर्नुपर्छ र चाँडो किन्नुपर्छ भन्ने निर्णय गरेको उनले बताए।

अहिले मास्क धेरै नपाइएको र पाइएका स्थानमा पनि मूल्य महङ्गो भएको उनले बताए। हाल आएका सामग्रीमध्ये कतिपय खरिद गरिएको र कतिपय सामग्री अनुदानमा आएको उनले जानकारी दिए। उनले भने, “खरिद भएका सामग्री कति कति र  कुन मूल्यमा खरिद गरिएको भनी पारदर्शी छ।” 

सङ्कटको समय भएकाले अहिले गलत सन्देश दिएर भ्रम उत्पन्न गराउन नहुने महानिर्देशक श्रेष्ठले बताए। अमेरिका, भारत, युरोप सबैतिर अभाव रहेको उहाँले बताउनुभयो । अहिले एक पटक आइपुगेको र थप सामग्री आउने क्रममा रहेको छ। आएका सामग्री सरकारी र गैरसरकारी अस्पताल तथा मेडिकल कलेजलाई बाँड्ने उनले बताए। 

प्रकाशित मिति: १८:५७ बजे, आइतबार, चैत १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्