Kathmandu Press

चार प्रदेशले पाउने भए कोरोना परीक्षण गर्ने मेसिन

काठमाडौं, चैत १६ : सरकारले कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने पोलिमर चेन रियाक्सन (पीसीआर) मेसिन चार वटा प्रदेशलाई दिने भएको छ। 

चार प्रदेशले पाउने भए कोरोना परीक्षण गर्ने मेसिन

काठमाडौं, चैत १६ : सरकारले कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने पोलिमर चेन रियाक्सन (पीसीआर) मेसिन चार वटा प्रदेशलाई दिने भएको छ। 

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आइतबार दिउँसो बसेको बैठकले कोरोना परीक्षण गर्ने पीसीआर मेसिन प्रदेश २, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई  दिने निर्णय गरेको समिति सदस्य सचिव एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए।

चीनबाट ल्याएका पाँचमध्ये एउटा मेसिन भने तत्कालका लागि काठमाडौंमै राखिनेछ। बैठकले प्रदेश ५ को बुटवल वा नेपालगञ्ज तथा कर्णालीको सुर्खेतमा ल्याब स्थापना गर्ने निर्णय पनि गरेको उनले बताए। प्रदेश १ मा भने धरानमा ल्याब स्थापना गरेर कोरोनाको परीक्षण आइतबारबाटै सुरु भइसकेको छ।

यस्तै, बैठकले तत्कालका लागि प्रत्येक प्रदेशमा एक हजार थान पीपीई पठाउने निर्णय पनि गरेको विडारीले जानकारी दिए।
 

प्रकाशित मिति: १७:४२ बजे, आइतबार, चैत १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्