Kathmandu Press

सीमामा अलपत्र नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा बस्ने गरी नेपाल आउन दिइने

काठमाडौं, चैत १६ :  सरकारले सीमा (दशगजा)  क्षेत्रमा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ। 

आइतबा....

सीमामा अलपत्र नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा बस्ने गरी नेपाल आउन दिइने
फाइल

काठमाडौं, चैत १६ :  सरकारले सीमा (दशगजा)  क्षेत्रमा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ। 

आइतबार दिउँसो बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठले सीमामा अलपत्र परेका नेपालीलाई अनिवार्य क्वारेन्टाइन बस्ने गरी नेपाल प्रवेश गर्न दिने निर्णय गरेको समितिका सदस्यसचिव एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए।  

‘भारतीय सेनाले पठाएका तर नेपाल प्रवेश गर्न नपाएका नेपालीहरुलाई सीमामा राखिराख्न उपयुक्त छैन। त्यसैले परिचयपत्रका आधारमा पहिचान गरी लगत लिएर नेपाल प्रवेश गर्न दिने निर्णय भएको छ,’ विडारीले भने।

उनका अनुसार नेपाल प्रवेश गर्ने नेपालीको लगत लिएर नजिकको स्थानीय तहमा अनिवार्य रुपमा क्वारेन्टाइन बस्नु पर्नेछ। क्वारेन्टाइनमा राख्न स्थानीय र प्रदेश सरकारले समन्वयकारी भूमिका खेल्नेछन्। 

प्रकाशित मिति: १७:०३ बजे, आइतबार, चैत १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्