Kathmandu Press

नेपाल र युएईबीचको खेल दशरथ रंगशालामा नहुने

विश्वकप र एसियन कप छनोट अन्तर्गतको युएईसँगको खेल जेठ २४ दशरथ रंगशालामा हुने तय थियो। तर, मैदानको खेल्न योग्य नभएपछि नेपाल र युएईबीचको खेल दशरथ रंगशालामा नहुने भएको हो।
नेपाल र युएईबीचको खेल दशरथ रंगशालामा नहुने

काठमाडौं, वैशाख ३१ : नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप र एसियन कप छनोट अन्तर्गत युएईसँगको खेल पनि घरेलु मैदानमा खेल्न नपाउने भएको छ।

विश्वकप र एसियन कप छनोट अन्तर्गतको युएईसँगको खेल जेठ २४ दशरथ रंगशालामा हुने तय थियो। तर, मैदानको खेल्न योग्य नभएपछि नेपाल र युएईबीचको खेल दशरथ रंगशालामा नहुने भएको हो।

अघिल्लो सातामात्र एसियन फुटबल महासंघका प्रतिनिधिहरु आएर दशरथ रंगशालाको निरक्षण गरेका थिए। उनीहरुले दशरथ रंगशालामा अवस्था प्रति प्रश्न उठाएका थिए।

रंगशालाको मैदान राम्रो नभएकै कारण नेपालले बहराइनसँगको होम म्याच पनि उसकै मैदानमा खेलेको थियो।

अब नेपालले युएईसँगको खेल न्युट्रल भेन्यूमा खेल्नेछ।

राष्ट्रिय खेलकुद परिषद् र एन्फाले मैदान ममर्तमा समयै चासो नदेखाउँदा नेपालले दुई होम म्याच घरमा खेल्न नपाउको हो। योसँगै दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता पनि धरापमा परेको छ।

प्रकाशित मिति: ११:५७ बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्