Kathmandu Press

खेलाडीको घोषित पुरस्कार रकम तत्काल निकासा गर्ने सरकारको निर्णय

यो निर्णयसँगै १९औं एसियन गेम्समा पदक विजेता, राष्ट्रिय क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका छन्।
खेलाडीको घोषित पुरस्कार रकम तत्काल निकासा गर्ने सरकारको निर्णय

काठमाडौं, वैशाख २७ : खेलाडीलाई दिने भनेर विभिन्न समयमा घोषणा गरिएको पुरस्कार वापतको रकम सरकारले तत्काल निकासा गर्ने भएको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बसेको खेलाडीको पुरस्कार वापतको २ करोड ९७ लाख १० हजार रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो। युवा तथा खेलकुद मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद्ले रकम निकासा गर्ने निर्णय गरेको हो।

Hardik ivf

यो निर्णयसँगै १९औं एसियन गेम्समा पदक विजेता, राष्ट्रिय क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका छन्।

टी २० विश्वकपमा पुगेको नेपाल क्रिकेट टिमले कुल २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। जसमा १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोले जनही १ लाख ९५ हजार पाउनेछन्।

१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, २ सहायक प्रशिक्षक र व्यवस्थापकले १ लाख ९५ हजार प्राप्त गर्नेछन् ।

एसियन गेम्समा रजत विजेता कराँते टिमले कुल २५ लाख ३५ हजार प्राप्त गर्नेछ भने चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्नेछन् ।

एसियाली खेलकुदमा नै कबड्डीमा कास्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार पाउँदा प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदक्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्नेछन् । यसरी कबड्डी टिमले कुल ४८ लाख १० हजार नगद प्राप्त गर्नेछन्।

प्रकाशित मिति: १९:१३ बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्