इटालीमा मृत्यु हुनेको संख्या १० हजार वढी, ‘लकडाउन’ अझै लम्बिने
काठमाडौं, चैत्र १६ : कोरोना भाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।
शनिबार साँझ थप ८ सय ८९ जनाको मृत्यु भएपछि कोर....

काठमाडौं, चैत्र १६ : कोरोना भाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।
शनिबार साँझ थप ८ सय ८९ जनाको मृत्यु भएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार २३ पुगेको हो । ५ हजार ९ सय ७४ जना मानिसहरु संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुनेको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ ।
यसैबीच अनेकौं प्रयासका बाबजुद कोरोना भाइरसको संक्रमण नरोकिएपछि फेब्रुअरी २१ देखि जारी ‘लकडाउन’ लम्बिने भएको छ । इटाली सरकारले यसअघि अप्रिल ३ सम्मका लागि घोषणा गरिएको ‘लकडाउन’ लम्बिने त्यहाँकी गृहमन्त्रीले बताएकी छन् ।
प्रकाशित मिति: ०७:१५ बजे, आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












