Kathmandu Press

कर्पोरेट सुपर सिक्सेस क्रिकेटको उपाधि माछापुच्छ्रे बैंकलाई

मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो ।
कर्पोरेट सुपर सिक्सेस क्रिकेटको उपाधि माछापुच्छ्रे बैंकलाई

काठमाडौं, वैशाख २५ : माछापुच्छ्रे बैंकले मंगलबार कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो ।

Hardik ivf

आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा ग¥यो । माछापुच्छ्रेको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडे।

निशेषले १४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । विभवको इनिङमा समान एक चौका र छक्का रह्यो।

आइसिएफसी फाइनान्सको बलिङमा सुरज तिमल्सिना र सन्जोक गुरुङले समान एक विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेनन्।

त्यसअघि आइसिएफसी फाइनान्सले निर्धारित पाँच ओभरमा एक विकेटको क्षतिमा ६५ रनको योगफल बनाएको थियो। आइसिएफसी फाइनान्सका लागि अरविन्द राणाले १३ बलमा ३१ रन र सुरज तिमल्सिनाले १३ बलमा १६ रन जोडे। अरविन्दको इनिङमा चार चौका र दुई छक्का थियो ।

विजेता माछापुच्छ्रे र उपविजेता आइसिएफसी फाइनान्सले ट्रफी र गिफ्ट ह्याम्पर पाए  यस संस्करणको विजेता माछापुच्छ्रे बैंकले आगामी सिजन फ्रि इन्ट्री पाएको छ । प्लेयर अफ दी टुर्नामेन्टमा आइसिएफसी फाइनान्सका सुरज तिमल्सिना र बेस्ट ब्याट्सम्यान एनआइसी एसियाका अमर रावल घोषित हुँदै गिफ्ट ह्याम्पर पाए ।

त्यस्तै बेस्ट बलरमा आइसिएफसी फाइनान्सका सुरज तिमल्सिना, बेस्ट फिल्डरमा माछापुच्छ्रेका श्रीजन सुबेदी र बेस्ट विकेटकिपर माछापुच्छ्रे निशेष केसीले पनि गिफ्ट ह्याम्पर पाए । सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीमा एनआइसी एसियाका अमर रावल र फेयर प्ले अवार्ड प्राइम बैंकले प्राप्त गरेको छ।

प्रकाशित मिति: ०७:१९ बजे, मंगलबार, वैशाख २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्