Kathmandu Press

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग ४ गोलले पराजित

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० गोलको अन्तरले हारेको हो । क्रिस्टल प्यालेसका माइकल ओलिसेले खेलको १२ औँ र ६६ औँ  मिनेटमा गोल गरे ।
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग ४ गोलले पराजित

काठमाडौं, वैशाख २५ : इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । 

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० गोलको अन्तरले हारेको हो । क्रिस्टल प्यालेसका माइकल ओलिसेले खेलको १२ औँ र ६६ औँ  मिनेटमा गोल गरे ।

Hardik ivf

त्यस्तै खेलको ४० औँ मिनेटमा जेन फिलिप मटेटाले र ५८ औँ मिनेटमा टेरिक मिट्चेलले एक÷एक गोल गरेका थिए । लिगमा म्यानचेस्टर युनाइटेड ३५ खेलमा ५४ अङ्कसहित आठौँ स्थानमा छ । 

क्रिस्टल प्यालेस ३६ खेलबाट ४३ अङ्क जोडेर १४ औँ स्थानमा छ ।

प्रकाशित मिति: ०८:२० बजे, मंगलबार, वैशाख २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्