Kathmandu Press

ओस्कर पार्टीमा प्रियंका–निकको रोमान्टिक अंकमाल

काठमाडौं, फागुन १४ : बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनस ओस्कर अवार्ड पार्टीमा रोमान्टिक मुडमा देखिए । उनीहरुले विन्दास अन्दाजमा फोटो सुट पनि गर....

ओस्कर पार्टीमा प्रियंका–निकको रोमान्टिक अंकमाल
एजेन्सी

काठमाडौं, फागुन १४ : बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनस ओस्कर अवार्ड पार्टीमा रोमान्टिक मुडमा देखिए । उनीहरुले विन्दास अन्दाजमा फोटो सुट पनि गराए ।

प्रियंका–निक दम्पत्तिका लागि यस्तो हुनु पनि स्वभाविक नै हो किनकी उनीहरु पहिलो पटक ओस्कर पार्टीमै भेटिएका थिए ।

सन् २०१७ को

Hardik ivf

यहि पार्टीमा प्रियंका र निकको पहिलो भेट भएको निकले सम्झेका छन् । मिडियासँग कुराकानी गर्दै निकले भनेका छन, “प्रियंकालाई पहिलो पटक देख्ने बितिकै मैले हातमा भएको गिलास भूईमा राखेर एकहोरो हेरिरहेँ । त्यसपछि घुँडा टेकेर प्रियंकालाई भने ‘के तिमी सांचै छौ ? यदि छौं भने यत्रौ समयसम्म कहाँ थियौ ?’ मैले प्रियंकालाई यस्तो भनिरहदां त्यहाँ धेरै मान्छे उपस्थित थिए ।”

त्यसरी शुरु भएको उनीहरुको भेट दुई वर्षमै विहेमा परिणत भयो । उनीहरूले केही महिना अघि बिहे गरेका थिए ।

यस पटकको ओस्कर पार्टी पनि उनीहरूले अविस्मरणीय बनाए । कालो गाउनमा सजिएकी प्रियंका र नेबी ब्लू सुटमा बो टाइ लगाएका निकले रोमान्टिक मुडमा फोटो सुट समेत गराएका थिए ।

 

प्रकाशित मिति: १२:०३ बजे, मंगलबार, फागुन १४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्