Kathmandu Press

सन्दीपको मुद्दाको पेशी आज, पहिलो नम्बरमै पालो

सन्दीपको मुद्दाको सुनुवाई मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलाशमा हुनेछ।
सन्दीपको मुद्दाको पेशी आज, पहिलो नम्बरमै पालो

काठमाडौं, वैशाख २३ : क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज सुनुवाई हुँदैछ।

उच्च अदालत पाटनमा सन्दीपको मुद्दा आज पेशीको पहिलो नम्बरमै परेको छ। पटक पटक सरेको सन्दीपको पुनरावेदन मुद्दामा आज भने सुनुवाई हुनेछ।

सन्दीपको मुद्दाको सुनुवाई मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलाशमा हुनेछ।

अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो। त्यसैबमोजिम मुद्दाले अग्राधिकार पाएको हो।

प्रकाशित मिति: ११:४४ बजे, आइतबार, वैशाख २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्