Kathmandu Press

विश्वकपका लागि नेपालकाे आधा टिम आज वेस्टइन्डिज जाने, आधा भोलि जाने

विश्वकपका लागि नेपालकाे आधा टिम आज वेस्टइन्डिज जाने, आधा भोलि जाने

काठमाडाैं, वैशाख २२ : अमेरिका र वेस्टइन्डिजमा संयुक्तरुपमा आयोजना हुने टि–२० विश्वकपका लागि नेपालको आधा टिम आज वेस्टइन्डिज प्रस्थान गर्दैछ।

७ खेलाडी र ४ अफिसियलसहितको १२ जनाको टिम आज राति २ बेज वेस्टइन्डिज प्रस्थान गर्ने बताइएको छ।

Hardik ivf

आज वेस्टइन्डिज जाने टिममा कुशल भुर्तेल, आसिफ शेख, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, ललितनारायण राजवंशी, फिटनेश ट्रेनर अब्दुल सतार, सहायक प्रशिक्षक वसन्त शाही, ब्याटिङ प्रशिक्षक नन्दन फिड्निस, म्यानेजर प्रदीप मजगैयाँ र बलिङ प्रशिक्षक रोडिरिक इस्ट्विक रहेको क्यानले जनाएको छ।

यस्तै, आइतबार दिउँसो रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, प्रतिश जिसी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, कुशल मल्ल, मुख्य प्रशिक्षक मोन्टी देशाई, टेक्निकल एनालिष्ट रमन शिवाकोटी र फिजियो बिक्रम न्यौपाने वेस्टइन्डिज जानेछन्।

बिजनेस क्लास टिकटको नपाउँदा नेपाली टिम फरक फरक फ्लाइटमा वेस्टइन्डिज जान लागेको हो।

वेस्टइन्डिजमा नेपालले ५ दिन अभ्यास गर्नेछ। त्यहा केही अभ्यास खेल पनि खेल्ने बताइएको छ। वेस्टइन्डिजमा अभ्यास गरेपछि नेपाली टिम अमेरिका आउने छ।

नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको यात्रा थाल्नेछ। खेल डल्लासमा हुनेछ।

प्रकाशित मिति: २१:४२ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्