Kathmandu Press

रोहित बने प्लेअफ अफ दी सिरिज

सिरिजका ५ मध्ये ४ खेल खेलका रोहितले ३ खेलका ब्याटिङ गर्ने अवसर पाए। जसमा उलने १ शतक र २ अर्धशतक प्रहार गरेका थिए। अन्तिम खेलमा मैदान प्रवेश गरेपनि उनले एक बल पनि फेस गर्न पाएनन्।
रोहित बने प्लेअफ अफ दी सिरिज

काठमाडाैं, वैशाख २२ : आसन्न टि–२० विश्वकपको तयारीका लागि आयोजना गरिएको ५ खेलको टि–२० सिरिज वेस्टइन्डिज एले ३–२ ले जितेको छ। शनिबार अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो।

सिरिज वेस्टइन्डिज एले जितेपनि सिरिजकै उत्कृष्ट खेलाडी भने नेपाली टिमका कप्तान रोहितकुमार पौडेल बने। प्लेअफ अफ दी सिरिज बनेका रोहितले ट्रफीसहित २५ हजार रुपैयाँ प्राप्त गरे।

सिरिजका ५ मध्ये ४ खेल खेलका रोहितले ३ खेलका ब्याटिङ गर्ने अवसर पाए। जसमा उलने १ शतक र २ अर्धशतक प्रहार गरेका थिए। अन्तिम खेलमा मैदान प्रवेश गरेपनि उनले एक बल पनि फेस गर्न पाएनन्।

तीन खेलका रोहितले कुल २६५ रन बनाए। बलिङमा १ विकेट लिएका उनले उत्कृष्ट फिल्डिङ पनि गरेका थिए।

सिरिजको उत्कृष्ट बलर वेस्टइन्डिजका ओबेड मकोइ भए भने उत्कृष्ट ब्याट्सम्यान जोन्सन चार्ल्स भए। मकोइले प्रतियोगितामा सर्वाधिक ८ विकेट लिए भने चार्ल्सले १ शतक र १ अर्धशतकसहित कुल २१२ रन बनाएका थिए।

प्रकाशित मिति: १६:५४ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्