Kathmandu Press

आसिफले बनाए अर्धशतक, नेपाल सहज अवस्थामा

वेस्टइन्डिज एले दिएको १७० रनको लक्ष्य पछ्याएको नेपालका लागि आसिफले १३औं ओभरको पाँचौं बलमा जेसुवा विसोपलाई चौका प्रहार गर्दै अर्धशतक प्रहार गरेका हुन्।
आसिफले बनाए अर्धशतक, नेपाल सहज अवस्थामा

काठमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा ओपनर आसिफ सेखले अर्धशतक बनाएका छन्।

वेस्टइन्डिज एले दिएको १७३ रनको लक्ष्य पछ्याएको नेपालका लागि आसिफले १३औं ओभरको पाँचौं बलमा जेसुवा विसोपलाई चौका प्रहार गर्दै अर्धशतक प्रहार गरेका हुन्। उनले ३२ बलमा २ चौका र ५ छक्का प्रहार गरे।

Hardik ivf

वेस्टइन्डिज एविरुद्ध अर्धशतक बनाउने उनी रोहितकुमार पौडेलपछि दोस्रो खेलाडी हुन्। रोहितले २ अर्धशतक र १ शतक प्रहार गरेका छन्।

आसिफको अर्धशतक मद्दतमा नेपाल बलियो अवस्थामा पुगेको छ। नेपालले १३औं ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १०८ रन बनाएको छ। आसिफलाई ३६ बलमा ४० रन बनाएर अनिल साहले साथ दिइरहेका छन्। यी दुई दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे।

प्रकाशित मिति: १५:०२ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्