Kathmandu Press

वेस्टइन्डिज एसँग अन्तिम खेल खेल्दै नेपाल

आजको खेलअघि नै नेपालले सिरिज ३–१ले गुमाइसकेको छ। त्यसैले नेपाल विश्वकपअघिको अन्तिम खेल जित्दै उच्च मनोबलसहित अमेरिका जान चाहन्छ।
वेस्टइन्डिज एसँग अन्तिम खेल खेल्दै नेपाल

काठमाडाैं, वैशाख २२ : आसन्न विश्वकपको तयारीका लागि आयोजना गरिएको ५ खेलको सिरिजको अन्तिम खेलमा आज नेपालले वेस्टइन्डिज एको सामाना गर्दैछ। खेल टियू मैदनमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ।

आजको खेलअघि नै नेपालले सिरिज ३–१ले गुमाइसकेको छ। त्यसैले नेपाल विश्वकपअघिको अन्तिम खेल जित्दै उच्च मनोबलसहित अमेरिका जान चाहन्छ।

Hardik ivf

नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने त्यसपछिका ३ खेल लागतार हारेको थियो। जसमा नेपाल १०, ७६ र २८ रनले पराजित पराजित भएको थियो।

नेपालले आज टिममा त्यतिधेरै परिवर्तन गर्नेछ। उसले प्रतिज जिसीको स्थानमा करण केसीलाई खेलाउन सक्छ। नेपालले आज कुशल भुर्तेल र आसिफ सेखबाटै ओनिङ गराउने छ। र, उनीबाट राम्रो प्रदर्शनको अपेक्षा गरेको छ।

वेस्टइन्डिज एले भने सिरिजमा मौका नपाएका सबैलाई आज मौका दिन सक्छ। नेपालविरुद्ध गरेको प्रदर्शनकै आधारमा तीन खेलाडी विश्वकपको टिममा परेका छन्। जसमा ओपनर जोनसन चार्ल्स, स्पिन अलराउण्डर गुडाकेश मोती र कप्तान रोस्टन चेस छन्।

सिरिज सकिएलगत्तै नेपाली टोली आजै राति विश्वकपको तयारीका लागि अमेरिका हुँदै वेस्टइन्डिज जाने छ। त्यहाँ अभ्यास गरेर नेपाली टोली अमेरिका जानेछ।

विश्वकपमा नेपालले पहिलो खेल जुन४मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

प्रकाशित मिति: ०९:१५ बजे, शनिबार, वैशाख २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्