Kathmandu Press

बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण  

काठमाडौं, चैत १४ः बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस भएको पुष्टी भएको छ। उनका मुख्य चिकित्सक क्रिस व्हिटीले जोनसनलाई कोरोना पोजेटिभ दे....

 बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण  

काठमाडौं, चैत १४ः बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस भएको पुष्टी भएको छ। उनका मुख्य चिकित्सक क्रिस व्हिटीले जोनसनलाई कोरोना पोजेटिभ देखिएको बताएका हुन्।

जोनसन संक्रमित भएपछि उनको सरकारलाई संकट परेको छ। उनीसँगै अन्य मन्त्री, वरिष्ठ व्यक्ति, मुख्य चिकित्सक व्हिट्टी सँगै जोनसनकी गर्भवती श्रीमतीलाई समेत कोरोनाको आशंका गरिएको छ।

एक भिडियो सन्देशमा जोनसनले भनेका छन्, ‘मलाई कोरोना भाइरसका सामान्य लक्षण देखिएको छ। ज्वरो र लगातार खोकी लागेकाले मेरो परीक्षण गरिएको छ। त्यसैले  म घरबाटै काम गरिरहेको छु। सेल्फ क्वारेन्टाइनमा छु।’

 

प्रकाशित मिति: १७:२७ बजे, शुक्रबार, चैत १४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्