Kathmandu Press

वेस्टइन्डिज एसँग नेपाल २८ रनले पराजित, सिरिज गुमायो

कीर्तिपुरस्थित टियू मैदानम भएको खेलमा २१० रनको विशाल लक्ष्य पछ्याएको नेपाल माथिल्लो क्रम चल्न नसक्दा १८ रनले पराजित भयो।
वेस्टइन्डिज एसँग नेपाल २८ रनले पराजित, सिरिज गुमायो

काठमाडाैं, वैशाख २० : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको चौथो खेलमा पनि नेपाल पराजित भएको छ। कीर्तिपुरस्थित टियू मैदानम भएको खेलमा नेपालको माथिल्लो क्रम चल्न नसक्दा २८ रनले पराजित भयो।

जारी सिरिजमा नेपालको यो लगातार तेस्रो हार हो। यो हारसँगै नेपालले १ खेल बाँकी छँदै सिरिज गुमाएको छ। पहिलो खेल जितेको नेपाल सिरिजमा ३–१ ले पछि परेको छ।

पहिला ब्याटिङ गर्दै वेस्टइन्डिजले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको नेपाल अन्तिम बलमा १८१ रनमा अलआउट भयो। नेपालका लागि कप्तान रोहित पौडेलले पुनः एकपटक उत्कृष्ट इनिङ खेले । उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ८२ रन बनाए। रोहितले पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका थिए।

Hardik ivf

फेरि एक पटक नेपालका दुवै ओपनर फ्लप भए। सिरिजमा पहिलो पटक मौका पाएका आसिप सेख डकआउट भए भने खराब फर्ममा रहेका कुशल भुर्तेलले ५ बलमा १ रन मात्र बनाउन सके। यस्तै, कुशल मल्ल पनि ४ रनमा आउट भएपछि ठूलो लक्ष्य पछ्याएको नेपाल दबाबमा आएको थियो।

यस्तै, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समन १४ बलमा समान १९ रन बनाए भने अविशना बोहराले ८ बलमा २ चौका १ छक्का प्रहार गर्दै नटआउट १७ रन बनाए।

बलिङमा वेस्टइन्डिजका म्याथ्यु फोर्ड र हैडन वाल्सले समान ३ विकेट लिए। यस्तै, फाबियन एलन र गुडकेश मोतीले समान २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज एले जोन्सन चार्ल्स र आन्द्रे फ्लचरको अर्धशतक मद्दतमा ३ विकेटको क्षतिमा २०९ रन बनायो।

उसका लागि फ्लेचरले ५९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ८४ रन बनाए भने अघिल्लो खेलमा शतक बनाएका चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्का मद्दतमा ५८ रन बनाए।

यी दुईले दोस्रो विकेटका लागि ९२ रनको उत्कृष्ट साझेदारी गरेका थिए। यस्तै फाबियन एलेनले १९ बलमा २ चौका र ३ छक्का मद्दतमा ३३ रन बनाए। एलेनले फ्लेचरसँग चौथो विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए।

बलिङमा नेपालका पार्टटाइम लेगस्पिनर कुशल भुर्तेलले ४ ओभरमो २३ रन मात्र खर्चेर २ विकेट लिए भने अर्को विकेट प्रतिश जिसीले लिए। नेपालको फिल्डिङ सामान्य मात्र रह्यो।

प्रकाशित मिति: १५:५७ बजे, बिहीबार, वैशाख २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्