Kathmandu Press

वेस्टइन्डिज एविरुद्ध रोहितको अर्धशतक

२१० रनको ठूलो लक्ष्य पछ्याएको नेपालका लागि रोहितले ११औं ओभरको पहिलो बलमा गुडाकेश मोतीलाई छक्का प ्रहार गर्दै अर्धशतक बनाएका हुन्। उनले ३४ बलमा २ छक्का र ६ चौका प्रहार गरेका छन्।
वेस्टइन्डिज एविरुद्ध रोहितको अर्धशतक

काठमाडाैं, वैशाख २० : नेपाली टिमका कप्तान रोहितकुमार पौडेल उत्कृष्ट फर्ममा छन्। वेस्टइन्डिज एविरुद्ध घरेलु मैदानमा जारी सिरिजका ४ मध्ये ३ खेल खेलका रोहितले १ शतक र २ अर्धशतक बनाएका छन्।

जारी चौथो खेलमा पनि रोहितले अर्धशतक प्रहार गरेका छन्। २१० रनको ठूलो लक्ष्य पछ्याएको नेपालका लागि रोहितले ११औं ओभरको पहिलो बलमा गुडाकेश मोतीलाई छक्का प ्रहार गर्दै अर्धशतक बनाएका हुन्। उनले ३४ बलमा २ छक्का र ६ चौका प्रहार गरेका छन्।

Hardik ivf

रोहितको अर्धशतकसँगै नेपालको जितको आशा कायमै छ। उनलाई दीपेन्द्रसिंह ऐरीले साथ दिइरहेका छन्।

ताजा अवस्थामा नेपाल १२ ओभरको समाप्तिमा १०१÷४को अवस्थामा छ।

प्रकाशित मिति: १५:०२ बजे, बिहीबार, वैशाख २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्