Kathmandu Press

वेस्टइन्डिज एले दियो नेपाललाई २१० रनको लक्ष्य

कीर्तिपुरस्थित टियू मैदामा टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले जोन्सन चार्ल्स र आन्द्रे फ्लचरको अर्धशतक मद्दतमा ३ विकेटको क्षतिमा २०९ रन बनायो।
वेस्टइन्डिज एले दियो नेपाललाई २१० रनको लक्ष्य

काठमाडाैं, वैशाख २० : टी-२० सिरिजको चौथो खेलमा वेस्ट इन्डिज एले नेपाललाई २१० को ठूलो लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टियू मैदामा टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले जोन्सन चार्ल्स र आन्द्रे फ्लचरको अर्धशतक मद्दतमा ३ विकेटको क्षतिमा २०९ रन बनायो।

Hardik ivf

उसका लागि फ्लेचरले ५९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ८४ रन बनाए भने अघिल्लो खेलमा शतक बनाएका चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्का मद्दतमा ५८ रन बनाए।

यी दुईले दोस्रो विकेटका लागि ९२ रनको उत्कृष्ट साझेदारी गरेका थिए। यस्तै फाबियन एलेनले १९ बलमा २ चौका र ३ छक्का मद्दतमा ३३ रन बनाए। एलेनले फ्लेचरसँग चौथो विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए।

बलिङमा नेपालका पार्टटाइम लेगस्पिनर कुशल भुर्तेलले ४ ओभरमो २३ रन मात्र खर्चेर २ विकेट लिए भने अर्को विकेट प्रतिश जिसीले लिए। नेपालको फिल्डिङ सामान्य मात्र रह्यो।

प्रकाशित मिति: १४:०२ बजे, बिहीबार, वैशाख २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्