टस हारेर नेपाल बलिङमा, रोहित, आसिफ, सन्दीप, अविनाश र कुशल टिममा फर्किए
आज कप्तान रोहितकुमार पौडेल, ओपनरद्वय आसिफ सेख र कुशल भुर्तेल, सन्दीप जोरा सोमपाल कामी, अविनाश बोहरा र ललित राजवंशी टिममा फर्किका छन्। यो सिरिजमा आसिफ र सन्दीप पहिलो पटक टिमम परेका हुन्।काठमाडाैं, वैशाख २० : वेस्टइन्डिज ‘ए’विरुद्धको चौथो टि–२० खेलमा पनि नेपालले टस हारेको छ। वेस्टइन्डिजका कप्तान रोस्टन चेसले टस जितेर व्याटिङ रोजेपछि नेपालले लागतार चोथो खेलमा बलिङ गर्दै छ।
विश्वकप तयारीका लागि आयोजना गरिएको सिरिजको चौथो खेलमा नेपालले विश्वकपको टिममा रहेकै खेलाडीलाई राखेको छ।
आज कप्तान रोहितकुमार पौडेल, ओपनरद्वय आसिफ सेख र कुशल भुर्तेल, सन्दीप जोरा सोमपाल कामी, अविनाश बोहरा र ललित राजवंशी टिममा फर्किका छन्। यो सिरिजमा आसिफ र सन्दीप पहिलो पटक टिमम परेका हुन्।
५ खेलमा सिरिजमा नेपाल २–१ले पछि छ। आजको खेल जित्दै सिरिज बराबरी गर्ने लक्ष्यमा नेपाल छ।
नेपाली टोली ः आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी
प्रकाशित मिति: १२:०९ बजे, बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायोसोमबार, मंसिर १०, २०८१
पर्थमा अस्ट्रेलियामाथि भारतको सानदार जितसोमबार, मंसिर १०, २०८१
धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक, ओलीले गरे मार्की खेलाडीकाे प्रशंसासोमबार, मंसिर १०, २०८१
इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग साउथह्याम्पटन ३–२ गोलले पराजितसोमबार, मंसिर १०, २०८१