Kathmandu Press

चार्ल्सको शतक, वेस्टइन्डिज एले दियो नेपाललाई २२८ रनको विशाल लक्ष्य

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज एले ३ विकेको क्षतिमा २२७ रन बनायो।
चार्ल्सको शतक, वेस्टइन्डिज एले दियो नेपाललाई २२८ रनको विशाल लक्ष्य

काठमाडाैं, वैशाख १९ : ओपनर जोन्सन चार्ल्सको शानदार शतक मद्दतमा वेस्टइन्डिज एले नेपाललाई २२८ रनको विशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज एले ३ विकेको क्षतिमा २२७ रन बनायो।

वेस्टइन्डिजका लागि अघिल्लो खेलमा खासै नचलेका जोन्सन चार्सले ६१ बलमा १३ चौका र ७ छकका प्रहार गर्दै नटआउट ११९ र रन बनाए। यस्तै, आन्द्र फ्लेचरले ३३ बलमा ४ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि ११८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

Hardik ivf

यी दुई बाहेक अलिक एथान्जले १९ बलमा १७, फाबियन एलेनले १९ र किमो बपलले १३ रन बनाए।

बलिङ करण केसी र सागर ढकालले समान १ विकेट लिए।

प्रकाशित मिति: १४:०९ बजे, बुधबार, वैशाख १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्