वेस्टइन्डिज विशाल योगफल तर्फ अग्रसर
कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले १४ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १४१ रन बनाएको छ।काठमाडाैं, वैशाख १९ : ५ खेलको टि–२० सिरिजको तेस्रो खेलमा वेस्टइन्डिज एले उत्कृष्ट व्याटिङ प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले १४ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १४१ रन बनाएको छ।
अहिले क्रिजमा जोन्सन चार्ल्स ४८ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै ८९ रन बनाएर खेलिरहेका छन् भने उनलाई २७ बलमा ३७ रन बनाएर आन्द्रे फ्लेचरले साथ दिएका छन्। यी दुईले दोस्रो विकेटका लागि ११८ रनको साझेदारी गरेका छन्।
यी दुईको साझेदारी तत्काल तोड्न नसके वेस्टइन्डिजले २३० माथि रन बनाउने देखिएको छ।
एकमात्र विकेट नेपालले रनआउटका रुपमा पाएको थियो।
प्रकाशित मिति: १३:३१ बजे, बुधबार, वैशाख १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायोसोमबार, मंसिर १०, २०८१
पर्थमा अस्ट्रेलियामाथि भारतको सानदार जितसोमबार, मंसिर १०, २०८१
धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक, ओलीले गरे मार्की खेलाडीकाे प्रशंसासोमबार, मंसिर १०, २०८१
इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग साउथह्याम्पटन ३–२ गोलले पराजितसोमबार, मंसिर १०, २०८१