आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई ७ विकेटले हरायो
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो । दिल्लीका कुलदिप यादवले सबैभन्दा धेरै ३५ रन बनाए ।काठमाडौं, वैशाख १८ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ । एक सय ५४ रनको लक्ष्य कोलकाताले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो। कोलकाताका फिल साल्टले ६८ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो । दिल्लीका कुलदिप यादवले सबैभन्दा धेरै ३५ रन बनाए । ९ खेलमा ६ खेल जितेको कोलकाता १२ अङ्कसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १६ अङ्क छ । ११ खेल खेलेको दिल्ली १० अङ्कसहित छैटौँ स्थानमा छ ।
आईपीएलमा आज लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ । लखनउमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
प्रकाशित मिति: ०८:२६ बजे, मंगलबार, वैशाख १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोपा अमेरिका २०२४ का लागि अर्जेन्टिनी टोली घोषणामंगलबार, जेठ ८, २०८१
पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाईसोमबार, जेठ ७, २०८१
म्यानचेस्टर सिटीले जित्यो लगातार चाैथोपटक इंग्लिस प्रिमियर लिगको उपाधिसोमबार, जेठ ७, २०८१
विश्वकप तयारीमा रहेको नेपाली टिम भोलक्यानोजसँग पराजितआइतबार, जेठ ६, २०८१