Kathmandu Press

जयकुमार नाथ शाह मेमोरियल यु-१६ ट्वान्टी २० अन्तर स्कुल क्रिकेट वैशाख १९ बाट

जयकुमार नाथ शाह मेमोरियल यु-१६ ट्वान्टी २० अन्तर स्कुल क्रिकेट वैशाख १९ बाट

काठमाडाैं, वैशाख १७ : जयकुमार नाथ शाह मेमोरियल यु–१६ ट्वान्टी २० अन्तर स्कुल क्रिकेट प्रतियोगिता आगामी बैशाख १९ गतेदेखि सुरु हुने भएको छ।

आयोजक काठमाडौं जिल्ला क्रिकट संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्र्दै बैशाख १९ देखि ३० गतेसम्म प्रतियोगीता हुने जनाएको हो। प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गर्नेछन्। लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ।

प्रतियोगीताको बिजेता टीमलाई १ लाख ५० हजार, उपबिजेता टोलीलाई ७५ हजार प्रदान गरिने काठमाडौं जिल्ला क्रिकेट संघका सचिव किरण सम्शेर जवराले जानकारी दिए। मूलपानीको तल्लो मैदानमा कुल २७ खेल हुने र उत्कृष्ट व्याटर, बलर, इमर्जिङ प्लेयरका साथै उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए।

नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमार नाथ शाहको नाममा उक्त प्रतियोगिता आयोजना गरिन लागिएको हो। प्रतियोगीताको कुल अनुमानीत खर्च १५ लाख २६ हजार रहेको आयोजकले जनाएको छ।

 

प्रकाशित मिति: १७:१९ बजे, सोमबार, वैशाख १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्