Kathmandu Press

रोहितले अर्धशतक बनाएपनि नेपाल वेस्टइन्डिजसँग पराजित

कीर्तिपुरस्थित टियू मैदानमा आइतबार भएको खेलमा कप्तान रोहित पौडेलको अर्धशतका बाबजुद अन्य ब्याट्म्यान चल्न नसक्दा नेपाल वेस्टइन्डिज एसँग १० रनले पराजित भयो।
रोहितले अर्धशतक बनाएपनि नेपाल वेस्टइन्डिजसँग पराजित

काडमाडाैं, वैशाख १६ : ५ खेलको टि–२० सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ। कीर्तिपुरस्थित टियू मैदानमा आइतबार भएको खेलमा नेपाल कप्तान रोहित पौडेलको अर्धशत बाबजुद वेस्टइन्डिज एसँग १० रनले पराजित भयो।

नेपालको हारको मुख्य कारण बलिङको अन्तिम २ ओभर रह्यो। अन्तिम २ ओभरमा ४१ रन बनाएको थियो। आकाश चन्दले १९औं ओाभरमा १९ र २०औं ओभरमा दीपेन्द्रसिंह ऐरीले २२ रन खर्चिएका थिए।

पहिला ब्याटिङ गर्दै वेस्टइन्डिज एले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १५० रन मात्र बनाउन सक्यो।  नेपालका लागि कप्तान रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्का मद्दतमा ७१ रन बनायो।

Hardik ivf

यस्तै, एक इन्डबाट रोहितले इनिङ सम्हाले पनि अर्को इन्डबाट कसैले उनलाई साथ नदिएपछि नेपाल पराजित भयो। रोहितबाहेक गुल्सन झाले ११ बलमा २६, लोकेश बमले १७ र आरिफ सेखले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा वेस्टइन्डिजका ओबेड मकोइ र गुडकेश मोतीले समान २ विकेट लिँदा रोस्टन चेस र ओसाने थोमसले समान १ विकेट लिए।

पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले ७ विकेटको क्षतिमा १६० रन बनायो। नेपाली स्पिनर सामू वेस्टइन्डिजका ब्याट्सम्यान दबाबमा आएका थिए।

उसका लागि आन्द्र फ्लेचरले सर्वाधिक ४३ रन  बनाए। उनले ३६ बलमा ३ छक्का प्रहार गरे। यस्तै, गुडकेश मोतीले ८ बलमा २ चौका र ४ छक्का प्रहार गदैृ ३३ रन बनाए। उनले अन्तिम २ ओभरमा यो रन बनाएका हुन्।

यी दुईको अलावा कप्तान रोस्टन चेसले २२ बलमा २३, म्याथ्यु फोर्ड र जोन्सन चाल्सले समान ११ रनको योगदान दिए।

अन्तिम २ ओभरबाहेक नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे। त्यसमा पनि नेपाली स्पिनरको बलिङ उत्कृष्ट रह्यो । सागर ढकाल र कुशल मल्लले समान २ विकेट लिए। सागरले ४ ओभरमा १९ र कुशलले ४ ओभरमा २३ रन खर्चिए।

यस्तै, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

याेसँगै ५ खेलकाे सिरिज १-१काे बराबरीमा आएकाे छ। सिरिजकाे तेस्राे खेल मंगलबार हुनेछ।

प्रकाशित मिति: १६:०१ बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्