Kathmandu Press

घाइते भए लोकेश बम, स्टेचरमा मैदान बाहिर ल्याइयो

घाइते भएपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लगिएको थियो। उनले १२ बलमा २ छक्का र १ चौका प्रहार गर्दै १७ रन बनाएका थिए।
घाइते भए लोकेश बम, स्टेचरमा मैदान बाहिर ल्याइयो

काठमाडाैं, वैशाख १६ : ओपनर लोकेश बम घाइते भएका छन्। चौथो ओभर पहिलो बलमा ओबेड मकोइको बल खेल्ने क्रममा लोकेश घाइते भएका छन्।

उनको तिघ्रामा ह्यामस्ट्रिङ समस्या जस्तो देखिएको छ। उनी बल खेल्नेवित्तिकै तिघ्रा समाउँदै मौदानमा लडेका थिए।

Hardik ivf

घाइते भएपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लगिएको थियो। उनले १२ बलमा २ छक्का र १ चौका प्रहार गर्दै १७ रन बनाएका थिए।

लोकेश मैदान बाहिर गएपछि उनको स्थानमा अनिल शाह मैदान आएका छन्।

नेपाल १६१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको छ।

प्रकाशित मिति: १४:२७ बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्