Kathmandu Press

नेपाललाई चौथो सफलता, कुशल र सागरले लिए समान २ विकेट

नेपालले चौथो सफलता हार परेको छ। नेपाललाई चौथो सफलता कुशल भुर्तेलले दिलाए। उनले चौथो विकेटका रुपमा १४औं ओभरको दोस्रो बलमा केसी कार्थीलाई रोहित पौडेलबाट क्याच आउट गराए।
नेपाललाई चौथो सफलता, कुशल र सागरले लिए समान २ विकेट

काठमाडाैं, वैशाख १६ : वेस्टइन्डिज एविरुद्धको दोस्रो टि–२० खेलमा नेपालले बलिङ उत्कृष्ट सुरुआत गरेको छ। टस हारेर बलिङ गरेको नेपालले कसिलो बलिङ गरेको छ।

नेपालले चौथो सफलता हार परेको छ। नेपाललाई चौथो सफलता कुशल भुर्तेलले दिलाए। उनले चौथो विकेटका रुपमा १४औं ओभरको दोस्रो बलमा केसी कार्थीलाई रोहित पौडेलबाट क्याच आउट गराए।

Hardik ivf

त्यसअघि कुशलले नै तेस्रो सफलता दिलाएका थिए। तेस्रो विकेट उनले दशौं ओभरको अन्तिम बलमा रोस्टन चेसलाई २३ रनमा बोल्ड गरेका थिए।

त्यसअघि सागर ढबालले एककै ओभरमा २ विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए।

सागरले तेस्रो ओभरको दोस्रो बलमा एलिक एथानजलाई कुशल मल्लबाट बाउन्ड्रीमा क्याच गराए भने पाँचौं बलमा विश्वकप विजेता जोन्सन चार्ल्सलाई क्लिन बोल्ड गरे।

ताजा अस्थामा १५ ओभरको समाप्तिमा  वेस्टइन्डिज ए ९३–४को अवस्थामा छ।

 

प्रकाशित मिति: १३:२० बजे, आइतबार, वैशाख १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्